नेप्सेमा २२.१४ अंकको गिरावट, २१५ कम्पनीको सेयर मूल्य घट्यो !

आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २,१०९.३४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१५ कम्पनीको कुल १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयरको करिब ४ अर्ब ४४ करोड १५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ, २१५ कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका २ उपसमूहको परिसूचक  बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा कालिञ्चोक दशर्न लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.३६% ले घटेको छ। कारोबार रकमका आधारमा आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ६६ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै रिडी पावर कम्पनी लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top