नेप्से इन्ट्राडे अपडेट: १८.०८ अंकको वृद्धि!
बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक १८.०८ अंकले बढेको छ।
दुई घण्टामा नेप्से १८.०८ अङ्कले बढेर २१३४.०३ मा आएको हो। २९९ कम्पनीको ६,४२५,९५२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ५४ करोड ९२ लाख बराबरको कारोबार भएको छ।
यसदिन टप गेनरमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा मिड सोलु हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ४.९१% ले घटेको छ।
Comments