नेप्से इन्ट्राडे अपडेट: ९.९५ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ९.९५ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ९.९५ अङ्कले बढेर २१०१.९६ मा आएको हो। २९९ कम्पनीको ५,८३८,१२० कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ३५ करोड ३० लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ४.४७% ले घटेको छ।

 

 

Comments

Back to top