नेप्से परिसूचक २७.५४ अंकले बढ्यो, सेयर कारोबार ५ अर्ब ८५ करोडको !

सोमबार नेप्से परिसूचक २७.५४ अंकले बढेर २,०९२.०० विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१५ कम्पनीको कुल १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयरको करिब ५ अर्ब ८५ करोड ४३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ, १०७ कम्पनीको मूल्यमा गिरावट छ भने, ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक  बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। 

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.४०% ले घटेको छ। कारोबार रकमका आधारमा पोखरा फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ९२ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा कुमारी बैँक लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top