सन नेपाल लाइफ इन्स्योरेन्सको जेठ ९ गते वार्षिक साधारण सभा

सन नेपाल लाइफ इन्स्योरेन्सको बुधबार जेठ ९ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।  कम्पनीले साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, उक्त बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ पूतिशत (१ः०.२७ अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।साधारण सभा अमृतभोग केटरर्स कालिकास्थान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

Comments

Back to top