हिजबुल्लाहका मुख्य नेता हसन नसरल्लाहलाई मारेको इजरायलको दाबी

इजरायलले लेबनानको सैन्य समूह हिजबुल्लाहका मुख्य नेता हसन नसरल्लाहलाई मारेको दाबी गरेको छ । गएराति लेबनानको बेरुतमा गरेको हवाई आक्रमणमा नसरल्लाहलाई मरेको इजरायली सेनाले जनाएको छ । हिजबुल्लाहका मुख्य नेता नै इजरायलको आक्रमणमा मारिएपछि मध्यपूर्वमा ठूलो युद्धको बादल मडारिएको बीबीसीले जनाएको छ ।

हिजबुल्लाहलाई सबैभन्दा ठूलो समर्थन इरानको रहेको छ । अब इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने र यी दुई देशबीच पूर्ण क्षमताको युद्ध भएमा मध्यपूर्व मात्र नभई विश्व नै युद्धमा धकेलिन सक्ने बीबीसीको विश्लेषणमा उल्लेख छ ।

हिजबुल्लाहलाई बेलायत, अमेरिका र अन्य केही देशले आतङ्कवादी सङ्गठन मान्दछन् । तर, लेबनानमा भने हिजबुल्लाह एक राजनीतिक दल पनि हो, लेबनानको संसदमा पनि यसको प्रतिनिधित्व छ । हिजबुल्लाह सरकारको एक भाग पनि हो । यो लेबनानी समाजको एक हिस्सा बनिसकेको छ ।

एजेन्सी

Comments

Back to top