आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न जापानको आग्रह

इजरायलले लेबनानमा हिज्बुल्लाहबिरुद्धको आक्रमण थप तीब्र पारेपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ । जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडानको तयारी गरेको छ ।

रक्षा मन्त्रालयले जापानी नागरिकलाई प्रभावित क्षेत्रबाट बाहिर निकाल्न आवश्यक भएमा वायु सेनाका विमानलाई जोर्डन र ग्रीस जानका लागि तयार रहन आदेश दिइएको समाचार संस्था एएफपीले जनाएको छ ।

जापानले सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरेको छ । इजरायलको सेनाले लेबनानको राजधानी बेरुतका भवन लक्षित आक्रमण गरिरहेको छ । ती भवनमुनि हिज्बुल्लाहले हतियार भण्डार गरिरहेको उसको दाबी छ । लेबनानको राजधानीको दक्षिणी क्षेत्रमा रहेका भवन खाली गर्न मानिसलाई आग्रहपछि आक्रमण तीब्र भएको बीबीसीको खबरमा उल्लेख छ ।

एजेन्सी

Comments

Back to top