नेप्सेमा ४५.६९ अंकको वृद्धि, ५ अर्ब २५ करोडको सेयर कारोबार!
आइतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २,०६४.४५ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३२३ कम्पनीको कुल १ करोड २२ लाख ४० हजार ५५६ कित्ता सेयरको करिब ५ अर्ब २५ करोड १० लाख बराबरको कारोबार भयो।
यस दिन टप गेनरमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेकाे छ भने सबैभन्दा धेरै गुमाउनेमा मान्डु हाइड्रोपावर लिमिटेड रहेकाे छ । कारोबार रकमका आधारमा सिइडीबी हाइड्रोपवार डेभलपमेन्ट कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८० लाख बराबरको सेयर कारोबार भएको छ।
Comments