प्रि ओपन सेसनमा नेप्से परिसूचक २६.०४ अंकले बढ्यो !

आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २६.०४ अंकले बढेको छ। 

बिहिबार ०.७९ अंकले बढेर २०१८.७६ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २०४४.८१ मा खुलेको हो। कुल ९,०७३ कित्ता सेयरको खरिदबिक्री करिब ५६ लाख ७५ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका १४० कम्पनीमध्ये ११९ को मूल्य बढ्यो भने १४ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल २९३ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top