झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब २३ करोडको सेयर कारोबार!

बिहिबार नेप्से परिसूचक ०.७९ अंकले बढेर २,०१८.७६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१५ कम्पनीको कुल ८२ लाख ८२ हजार ५५६ कित्ता सेयरको करिब ४ अर्ब २३ करोड ३८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १०३ कम्पनीको सेयर मूल्य बढेको छ, १३९ कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक  घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। 

प्रमुख कारोबार

यस दिन टप गेनरमा हिमालयन लघुवित्त वित्तीय संस्था, जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मान्डु हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.७६% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सिइडीबी हाइड्रोपवार डेभलपमेन्ट कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ९० लाख बराबरको सेयर कारोबार भएको छ।

 

 

Comments

Back to top