नेप्से इन्ट्राडे अपडेट: ७.९७ अंकको वृद्धि!
बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ७.९७ अंकले बढेको छ।
दुई घण्टामा नेप्से ७.९७ अङ्कले बढेर २०२५.९४ मा आएको हो। २९१ कम्पनीको ३,११७,८०८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ७९ करोड १६ लाख बराबरको कारोबार भएको छ।
यसदिन टप गेनरमा जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा मान्डु हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.७१% ले घटेको छ।
Comments