भिजाले नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त गर्यो
भिजा भुक्तानीमा विश्वव्यापी अग्रणी संस्थाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ ।
बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभव भएको सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्ने भएका हुन् ।
सब्बीर अहमदको नियुक्तिसँगै, भिजाले बंगलादेश र भुटानसँगै नेपालको बजारमा आफ्नो नेतृत्व तथा प्रतिबद्धता दोहोर्याएको छ । नेपालका लागि बढ्दो गतिमा डिजिटल भुक्तानीहरू अपनाउने क्रममा परिष्कृत भुक्तानी समाधानहरू प्रस्तुत गर्नमा भिजाले निरन्तर ध्यान केन्द्रित गरेको छ ।
भिजाले देशमा कन्ट्याक्टलेस भुक्तानी सुरु गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ, यसले उपभोक्ताहरूलाई आफ्नो भिजा कार्ड मार्फत अनलाइन किनमेल गर्न वा त्तच् कोड स्क्यान गर्न र भिजा कार्ड मार्फत भुक्तानी गर्न सहज बनाएको छ ।
भिजाले सब्बीरको बजार नेतृत्वमा दक्षिण एसियाभरि डिजिटल भुक्तानी परिदृश्यमा आफ्नो वृद्धिलाई गति दिने लक्ष्य राखेको छ ।
आफ्नो नियुक्तिको अवसरमा भिजाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “विश्वभर तथा नेपालमा डिजिटल भुक्तानीमा अग्रपंक्तिमा रहेको ब्रान्ड भिजामा सामेल हुन पाउँदा म उत्साहित छु । ग्राहकहरू, नियामक र नेपालको बृहत्तर इकोसिस्टमसँग साझेदारी गर्न म महत्त्वपूर्ण भूमिका खेल्न तत्पर छु ।’
एजेन्सी
Comments