एनसेलले ल्यायो ‘सधैँ अन’ योजना

एनसेलले फाइभजी भिजनमा आधारित हुँदै ‘सधैँ अन’ नामक आकर्षक योजना ल्याएको घोषणा गरेको छ। 

‘सधैँ अन’ नाम रहेको योजनाको औचित्य भनेका नेपाली ग्राहकहरूलाई व्यालेन्स सकिने डर नगरी डाटा चलाउने र डिजिटल भविष्यतिर डोर्याउनु रहेको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्योर कायुमोभले बताए। 

उनले ‘सधैं अन’ मार्फत एनसेल ग्राहकहरूका व्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिवद्ध रहेको र ग्राहकहरूका सुझावहरूलाई विधानमा राखेर डेटा प्याकहरूलाई सरल बनाउँदै पाँच दर्जन बढि त्यस्ता डेटा प्याकहरूलाई २० वटामा झारेको बताए। 

नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकहरू सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्याउन योजनाको अवधारणा आएको भन्दै यो योजनाको अझ ठूलो उद्देश्य नेपाली ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको पनि उनको भनाई छ। 

उनले फाइभजीले कृषि, स्वास्थ्य शिक्षा, पर्यटन लगायतका क्षेत्रहरूको विकासमा महत्वपूर्ण प्रभाव पार्न सक्ने भन्दै यसले नै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने पनि बताए। 

आफ्नो आवश्यकता अनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरू पनि ल्याएको छ। उदाहरणका लागि यस प्लान अन्तर्गत १४९९ रूपैयाँको प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन्। यो प्याक अन्तर्गतको सेवाहरू २८ दिनको लागि मान्य रहन्छ।

ग्राहकले एष्ट्रिक्स १२३ ह्यास डायल गरि सजिलै आफ्नो आवश्यकता अनुसार कुनै पनि ’सधैं अन’ प्लान लिन सक्ने बताइएको छ। 

एजेन्सी

Comments

Back to top