नेप्सेमा ९.५४ अंकको गिरावट, ३ अर्ब ७० करोडको सेयर कारोबार!

बुधबार नेप्से परिसूचक ९.५४ अंकले घटेर २,०१७.९७ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१५ कम्पनीको कुल ८४ लाख ९० हजार ७२२ कित्ता सेयरको करिब ३ अर्ब ७० करोड ८४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ६५ कम्पनीको सेयर मूल्य बढेको छ, १७२ कम्पनीको मूल्यमा गिरावट छ भने, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक  घटेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ। 

प्रमुख कारोबार

यस दिन टप गेनरमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा पिपुल्स पवार लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ८९ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै साङ्ग्रीला डेभलपमेन्ट बैँक लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top