नेप्सेमा २८.६२ अंकको वृद्धि, कारोबार ४ अर्ब ८ करोड!

मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढेर २,०२७.५१ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२० कम्पनीको कुल ९८ लाख ५५ हजार २८५ कित्ता सेयरको करिब ४ अर्ब ८ करोड ८८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २१९ कम्पनीको सेयर मूल्य बढेको छ, २२ कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक  बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र यूनिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा हिमालयन उर्जा विकास कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ४.६४% ले घटेको छ। कारोबार रकमका आधारमा सिइडीबी हाइड्रोपवार डेभलपमेन्ट कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ८१ लाख बराबरको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा सबैभन्दा धेरै रिडी पावर कम्पनी लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top