एशियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण शेयर निष्काशनका लागि लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।

कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो ।

हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

एजेन्सी

 

Comments

Back to top