नेप्से इन्ट्राडे अपडेट: २४.०८ अंकको वृद्धि!
सोबारको इन्ट्राडेमा नेप्से परिसूचक २४.०८ अंकले बढेको छ।
दुई घण्टामा नेप्से २४.०८ अङ्कले बढेर १९९८.५८ मा आएको हो। ३०६ कम्पनीको ४,५७३,२३२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ६३ करोड ६ लाख बराबरको कारोबार भएको छ।
यसदिन टप गेनरमा नारायणी डेभलपमेन्ट बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.२२% ले घटेको छ।
Comments