नेप्सेमा ८.२६ अंकको वृद्धि, कारोबार ३ अर्ब १५ करोड!

आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३११ कम्पनीको कुल ७८ लाख ५७ हजार ०३१ कित्ता सेयरको करिब ३ अर्ब १५ करोड ५१ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १२७ कम्पनीको सेयर मूल्य बढेको छ, १११ कम्पनीको मूल्यमा गिरावट छ भने, ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक  बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मानुषी लघुवित्त वित्तीय  संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.४४% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा साङ्ग्रिला डेभलपमेन्ट बैँक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ५० लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top