सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले बजारको स्वच्छतामा आँच आएको भन्दै शेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (ग) मा भएको व्यवस्था पालना नगरेकोले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्नको लागि कम्पनीको कारोबार रोक्का गरेको थियो ।

बैशाख २६ गते नेप्सेमा धितोपत्रको कारोवार फुकुवा गरिदिन अनुरोध गर्दै लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने पत्र मार्फत प्रतिबद्धता व्यक्त गरेकोले उक्त कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै कारोबार फुकुवा गरेको हो ।

एजेन्सी

Comments

Back to top