नेपाल इन्स्योरेन्सको नाफा दोब्बरले बृद्धि हुँदा समग्र वित्तीय अवस्था कस्तो ?

नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिए पनि खुद बीमा शुल्क आर्जनमा सामान्य गिरावट देखिएको छ ।

१ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा ६१ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०१ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको स्पेशल रिर्जभमा १ अर्ब ३३ करोड १६ लाख रुपैयाँ रहेको छ । संचिती जगेडा कोषमा २७ करोड ४५ लाख रुपैयाँ रहेको छ । अन्य इक्वटीमा ११ करोड २९ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब १९ करोड १९ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बृद्धि भएको हो ।

यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७० करोड ६ लाख रुपेयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ६० करोड १५ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीले ४९ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य घटेको हो ।

समिक्षा अवधिमा कम्पनीले १ करोड ९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४९ रुपैयाँ ८२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २१० रुपैयाँ ३३ पैसा रहेको छ ।

एजेन्सी

Comments

Back to top