चन्द्रागिरी हिल्सको नाफा ३८.८१ प्रतिशतले बढ्यो

चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३८.८१ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको पर्यटन व्यवसाय र आम्दानी वृद्धि हुँदा खुद मुनाफामा पनि सुधार भएको हो ।

सञ्चालन आम्दानी बढ्दा नाफामा वृद्धि देखिएको हो । यसको उक्त आम्दानी ६२ करोड ९० लाख रुपैयाँबाट बढेर ६९ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी पनि ४४ लाख रुपैयाँबाट बढेर ८६ लाख पुगेको छ । यसले केबुलकार, होटेल तथा रेष्टुराँ सहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्दछ ।  यसको वित्तीय  खर्च पनि २० करोड ६६  लाखबाट  घटेर १८  करोड २९  लाख कायम भएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोष भने १२ करोड २२ लाख रुपैयाँले ऋणात्मक छ ।

चन्द्रागिरी हिल्सको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ७ पैसाबाट बढेर ७ ०३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ०३ पैसा छ । यसले केबुलकार, होटेल तथा रेष्टुराँ सहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्दछ ।

एजेन्सी

Comments

Back to top