प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरू विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको दुई हजार ७४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले सूचना प्रकाशित मिति (वैशाख १६ गते)ले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापकहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूलाई सो शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

एजेन्सी

Comments

Back to top