आगामी ५ दिन तराई मधेशमा तातो हावा चल्नसक्ने, सतर्क रहन आग्रह

तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर आजदेखि आउँदो १४ गते शुक्रवारसम्म तातो हाला चल्ने जानकारी गराएको हो ।

तराई मधेशमा बितेको एक हप्तादेखि गर्मी बढिरहेको छ भने दुई दिन अघिदेखि तातो हावा चलिरहेको छ । तातो हावा तराई मधेशसँगै पहाडी भूभागका उपत्यका र खोँचहरूमा समेत बढ्ने महाशाखाले जनाएको छ ।

तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, बान्ता आउने लगायतका समस्या हुन सक्छन् । तातो हावाको असरबाट बच्न बढी गर्मी हुने समयमा सकेसम्म घरभित्र वा चिसो हावामा बस्न, हल्का कपडा लगाउन, प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थ खान महाशाखाले बुलेटिनमार्फत आग्रह गरेको छ ।

एजेन्सी

Comments

Back to top