चीनमा बाढी, ५० हजारलाई सुरक्षित स्थानमा सारियो

चीनमा मानिसहरूले ठूलो बाढीको सामना गरिरहेका छन् ।

यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको चिनियाँ मिडियाले उल्लेख गरेका छन्। चीनको यो धेरै जनसंख्या भएको प्रान्तमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढीको अवस्था सिर्जना भएको छ। हालसम्म ११ जना बेपत्ता भएका छन् भने अहिलेसम्म कसैको हताहतीको खबर आएको छैन ।

अनलाइन भिडियोहरूमा मानिसहरूलाई उनीहरूको घरबाट निकाल्ने प्रयास भइरहेको देख्न सकिन्छ। धेरै नदीको पानीको सतह बढ्दै गएको र ती नदीहरु खतराको निशानभन्दा माथि बगिरहेका छन् ।

ग्वाङ्डोङ प्रान्तमा नदीको पानीको सतह रेकर्ड स्तर छुन नजिक रहेको प्रशासनले चेतावनी दिएको छ ।

एजेन्सी

Comments

Back to top