कतारका राजा नेपाल आउँदै, भोलि सार्वजनिक बिदा

सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउन लागेकोले स्वागतका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

थानीको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

एजेन्सी

Comments

Back to top