हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः अशोक शम्शेर राणा नियुक्त
हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अशोक शम्शेर राणा पुनः नियुक्त भएका छन् ।
बैंकको गत चैत्र २७ गते बसेको संचालक समितिको ४५३ औं बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणालाई वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार वर्षको अवधिका लागि बैंकको सिईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । बाफिया कार्यान्वयनमा आएपछि राणाको यो दोस्रो कार्यकाल हो ।
Comments