नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा पनि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आज विशेष अदालतमा दायर गरेकाे मुद्दामा पौडेलबाट २३ करोड ७५ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ ।

गएको असोजमा दायर भएको 'पेमेन्ट गेटवे' को मुद्दामा उनलाई विशेष अदालतले अस्ति शुक्रवार मात्रै दोषी ठहर गरेको छ । याे मुद्दामा अदालतले आउँदो २५ गते फैसला सुनाउनेछ ।

एजेन्सी

Comments

Back to top