ब्राजिलमा डेङ्गीका कारण साढे ४ महिनामै १६ सय जनाभन्दा धेरैको ज्यान गयाे

ब्राजिलमा डेङ्गीका कारण साढे चार महिनामै १६ सय जनाभन्दा धेरैको ज्यान गएको छ । गएको जनवरीयता १६ सय एक जनाको ज्यान गएको पुष्टि भएको र अरू दुई हजार जनाको मृत्युबारे अनुसन्धान भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्राजिलभर अहिले ३५ लाख जनाभन्दा धेरैलाई डेङ्गी लागेको पुष्टि भएको छ । हरेक एक लाख जनामध्ये १७ सय ४१ जनामा डेङ्गी देखिएको चिनियाँ समाचार संस्था सिन्हाले जनाएको छ ।

ब्राजिलमा गएको वर्ष डेङ्गीबाट ज्यान गुमाउनेको तुलनामा यो वर्षको चार महिनामा ज्यान गुमाउनेको सङ्ख्या ३५ प्रतिशत धेरै छ । गएको वर्ष ११ सय ७९ जनाको ज्यान गएको थियो ।

डेङ्गीबाट २० देखि २९ वर्ष उमेर समूहका मानिस धेरै प्रभावित भएका छन् । सरकारले डेङ्गीविरुद्धको खोप कार्यक्रममा सक्रिय सहभागिता जनाउन नागरिकसँग आग्रह गरेको छ ।

एजेन्सी

 

Comments

Back to top