नेप्से इन्ट्राडे अपडेट: १५.६२ अंकको गिरावट!
आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक १५.६२ अंकले घटेको छ।
दुई घण्टामा नेप्से १५.६२ अङ्कले घटेर १९५६.५१ मा आएको हो। २९१ कम्पनीको २,७५४,४०७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ९२ करोड ९ लाख बराबरको कारोबार भएको छ।
यसदिन टप गेनरमा रुरु जलविद्युत परियोजना लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.१९% वृद्धि भएको छ भने टप लुजरमा पिपुल्स पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.७६% ले घटेको छ।
Comments