आईएसको आक्रमणमा सिरियामा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आईएस) ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु भएको सिरियाली मानवअधिकार अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले भनेको छ, “मध्य प्रान्त होम्सको पूर्वमा रहेको मरुभूमि क्षेत्रमा एउटा सैन्य बसलाई लक्षित गरी मध्यम र भारी मेशिनगनले आक्रमण गरिएको र आक्रमणमा सरकार समर्थक लडाकु ‘अल–कुद्स ब्रिगेड’का २२ जनाको मृत्यु भएको हो । 

पूर्वी सिरियाको अल–बुकामाल सहरको ग्रामीण इलाकामा रहेको सिरियाली सेनाको मुख्यालयमा इस्लामिक स्टेट (आईएस) लडाकू समूहले गरेको अर्को आक्रमणमा परी छ सिरियाली सैनिकको मृत्यु भएको छ ।

सिरियाको मरुभूमिमा यस वर्षको सुरुदेखि अहिलेसम्म ३२९ जनाको मृत्यु भएको उक्त संस्थाले जनाएको छ । 

एजेन्सी

Comments

Back to top