ग्लोबल आइएमई बैंकको नाफा घट्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । यस अवधिमा खुद नाफा २४.१३ प्रतिशतले घटेर ३ अर्ब ३० करोड रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा यसले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा बैंकको सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ । यसले खुद नाफा प्रभावित भएको हो । बैंकको सञ्चालन नाफा २२.२८ प्रतिशतले घटेर ४ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष यसले ६ अर्ब ६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशतले बढेर १३ अर्ब २ करोड पुगेको छ । गत वर्ष यसले ११ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खराब कर्जा ०.७८ प्रतिशतले बढेर ४.७४ प्रतिशत पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा यस बैंकको वितरण योग्य नाफा ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ ।

प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८८ पैसाले घटेर १२ रुपैयाँ २ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १६०.९२ रुपैयाँ छ ।

एजेन्सी

Comments

Back to top