‘पेमेन्ट गेटवे’ खरिद प्रकरणमा सुनिल पौडेल दोषी ठहर

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् । 

विशेष अदालतले नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार भएको भन्दै शुक्रबार दोषी ठहर गरेको हो । सोही प्रकरणमा आठ जनाले भने सफाइ पाएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पौडेललाई दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । उनको सजाय निर्धारणको लागि वैशाख २५ गतेका लागि पेसी तोकिएको उनले बताए । 

एजेन्सी

Comments

Back to top