वास्तुशास्त्रमा फिटकिरीको महत्व

वास्तुशास्त्र कतिले मान्छन् कतिले मान्दैनन् । जसले मान्छन् उनीहरु यसले दैनिक जीवनमा धेरै प्रभाव पार्ने ठान्छन् ।

वास्तुशास्त्रमा हरेक कुराको अर्थ र समाधानको व्याख्या गरिएको छ । यस्तो अवस्थामा यदी कसैले यी उपाय अपनाएमा उसको जीवन सहज र राम्रो हुने मानिन्छ ।

आज हामी वास्तुशास्त्रमा फिटकिरीको प्रयोगका बारेमा कुरा गर्नेछौं । वास्तुशास्त्रीले फिटकिरीको प्रयोगका बारेमा धेरै महत्वपूर्ण कुरा बताएका छन् ।

घरमा यस्ता धेरै चीजहरु छन् जुन घरेलु उपचारका साथै वास्तु उपचारका लागि पनि प्रयोग गर्न सकिन्छ । तपाईंले घरेलु उपचार र नाई पसलमा फिटकिरीको प्रयोग धेरै पटक देख्नु भएको होला, तर यसको कारणबारे थाहा नहुन सक्छ ।

यदी तपाईंको घर वा अफिसमा कुनै प्रकारको वास्तु दोष छ भने त्यसलाई हटाउन ५० ग्राम फिटकिरीको टुक्रा लिएर हरेक कोठा वा कुनामा राख्नुहोस् । यसो गर्दा विभिन्न वास्तु दोषबाट हुने कष्ट कम हुनेछ र सुख शान्तिका साथै धन पनि बढ्नेछ ।

यसबाहेक सुत्नुअघि कालो कपडामा फिटकिरी बाँधेर टाउकोमा सिरानीमुनी राख्दा नराम्रो सपना आउँदैन र अज्ञात भयबाट मुक्ति मिल्ने विश्वास छ ।

एजेन्सी

Comments

Back to top