धेरै समस्याको उपचारमा उपयोगी गाँठगोभी

गोभी स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । चाहे त्यो फूलगोभी, बन्दागोभी होस् वा गाँठगोभी । फूलगोभी, बन्दागोभी तथा ब्रोकाउली त तपाईंले अत्यधिक सेवन गर्नुहुन्छ होला । तर गाँठगोभी पनि उत्तिकै फाइदाजनक छ ।

गाँठगोभीमा पनि अन्य गोभीमा जसरी पोषक तत्वहरु भरपूर मात्रामा पाइन्छ । यसमा प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, आइरन, म्याग्नेशियम, पोटाशियम र क्याल्सियमको राम्रो मात्रा पाइन्छ । यो गोभी स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ ।

गाँठगोभीको नियमित सेवनले तपाईं तौल पनि कम गर्न सक्नुहुन्छ । यो तरकारीमा क्यालोरीको मात्रा एकदमै कम हुन्छ । साथमा फाइबरको मात्रा राम्रो हुन्छ । जसले गर्दा शरीरको मेटाबोलिज्मलाई सुधार्ने काम गर्छ र यसको सेवनले भोक पनि कम लाग्छ । यदी तपाईंलाई पाचन सम्बन्धी समस्या भइरहेको छ भने पनि गाँठगोभीको सेवन गर्न सक्नुहुन्छ । किनकी यो पचाउन एकदमै सजिलो हुन्छ र यसले पेट सफा राख्ने काम गर्छ ।

गाँठगोभीमा पोटाशियमको मात्रा राम्रो हुने भएकाले शरीरलाई ऊर्जा दिने काम गर्छ । जसले गर्दा दिनभर तपाईंको शरीर ऊर्जाशील हुन्छ । उच्च रक्तचाप तथा मुटुसम्बन्धी समस्या हुने व्यक्तिले पनि गाँठगोभी आरामसँग सेवन गर्न सक्नुहुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

शरीरमा रगत बढाउनका लागि आइरनको आवश्यकता पर्दछ । त्यसैले आइरनको मात्रा भएको गाँठगोभीको सेवन गर्न सकिन्छ । गाँठगोभीको सेवन हड्डीहरु बलियो बनाउनका लागि पनि गर्न सकिन्छ । नियमित आफ्नो खानपानमा समावेश गराउँदा हड्डी, मांसपेशी सबैका लागि यो राम्रो तरकारी हो ।

एजेन्सी

Comments

Back to top