सिटिजन्स बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना
डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुटरक्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो ।
सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत रु १००० वा बढीको कारोबार गर्दा १७% वा बढिमा रु १७० क्यासब्याक दिइने छ ।
यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १७% वा बढीमा रु १७० क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
डिजिटल भुक्तानीको अर्को माध्यम इ–कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ(कम कार्ड लिन चाहनुहुने ग्राहक महानुभावहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ ।
त्यसैगरि बैंकले यस योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ ।
साथै बैंकका निश्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ रु १५० छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।
एजेन्सी
Comments