मिसाइलको अभावले रुससँगको लडाईं कमजोर बन्दै गएको युक्रेनी राष्ट्रपतिको गुनासो

युक्रेनले रुससँगको युद्धमा मिसाइलको चर्को अभाव भएको बताएको छ ।  गएको महिना कयौँ रुसी हमला विफल बनाएको र रुसमाथि जवाफी आक्रमण गरेको युक्रेनले यो महिनाको शुरुदेखि मिसाइल र हवाई रक्षा प्रणालीको अभाव भएको जनाएको हो ।

मिसाइलको अभाव हुँदा रुसले राजधानी किभ वरपरका सबैजसो पावर प्लान्ट ध्वस्त बनाइरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको महिना रुसले १८ सय मेगावाट क्षमताको थर्मल प्लान्ट ध्वस्त बनाइदिएपछि युक्रेनमा उर्जा सङ्कट पनि बढेको छ । सरकारले नागरिकलाई विद्युत बचत गर्न आग्रह गरेको छ ।

जेलेनेस्कीले यो महिनाको शुरुदेखि नै मिसाइल र गोलाबारुदको अभाव रहेको भन्दै अमेरिका र पश्चिमा देशसँग सहयोग मागेका थिए । तर माग अनुसारका मिसाइल नपाएपछि अहिले युक्रेन कमजोर अवस्थामा पुगेको छ ।

एजेन्सी

Comments

Back to top