शिवम् सिमेन्ट बन्यो सर्वाधिक बिक्री हुने ओपिसी सिमेन्ट

शिवम् सिमेन्ट सर्वाधिक बिक्री हुने ओपिसी सिमेन्ट बनेको छ। 

सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपिसी सिमेन्ट बिक्री गरेको जनाएको छ। 

शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो। 

सन् २००३ मा मध्य नेपालको हेटौँडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुंगाको प्रयोग गरी दैनिक तीन हजार टन ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको जनाइएको छ।

एजेन्सी

Comments

Back to top