प्रि ओपन सेसनमा नेप्से परिसूचक स्थिर !

साताको पहिलो प्रि ओपन सेसनमा नेप्से परिसूचक स्थिर रहेको छ। 

बुधबार १०.७१ अंकले घटेर २०२५.३० मा बन्द भएको नेप्से आज प्रिओपनपछि २,०२५.७० मा रहेको हो। आइतबार कुल ५,५३८ कित्ता सेयरको खरिदबिक्री करिब १८ लाख ९१ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ३१ कम्पनीमध्ये १० को मूल्य बढ्यो भने १९ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस अवधीमा कुल ५४ पटक ट्रान्ज्याक्सन भएको छ।

 

Comments

Back to top