डिशहोमको मिसन ८१ : तीन हजारमा वर्षभरी रिचार्ज

नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिशहोमले ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ।

योजना अन्तर्गत डिशहोमका ग्राहकले तीन हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज पाउन सक्नेछन्।

ग्राहकले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।

नेपालभर रहेका डिशहोमका डिलर तथा सव-डिलरहरू मार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन्।

यसबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। 

एजेन्सी

Comments

Back to top