कुमारी बैंकको नयाँ वर्षको अफर, भाग्यशाली एक ग्राहकले आइफोन १५ जित्ने मौका

कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान “नयाँ वर्ष २०८१ ‘नयाँ वर्ष २०८१ 'जितौँ आइफोन १५ एकास्सी’ सुचारु गरेको छ ।

यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी रु.५०० को Topup र कुनैपनि एउटा डेटाप्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु आइफोन १५ जित्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङ्गमा दर्ता गर्न सक्नुहुनेछ । साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको छ ।

एजेन्सी

 

Comments

Back to top