नयाँ वर्षमा गरिमा विकास बैंकले ल्यायो विशेष अफर

नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले विशेष अफर ल्याएको छ।

बैंकले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० दशमलव ८१ प्रतिशत वा अधिकतम २०० रुपैयाँ नगद फिर्ता योजना ल्याएको हो।

यस योजना अन्तर्गत बैंकको डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पिओएस मेसिन मार्फत कारोबार गर्दा अधिकतम २०० रुपैयाँसम्म नगद फिर्ता पाउन सकिने छ ।

नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धनका लागि सो योजना ल्याइएको बैंकले हो । उक्त योजना भने भोलि अर्थात २०८१ बैशाख १ गतेदेखि ३ गतेसम्म लागू हुनेछ ।

साथै बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुआत गरिसकेको छ ।

एजेन्सी

Comments

Back to top