वैशाख ८ गते ‘टोयोटा महिला मोटर र्‍याली २०२४’ आयोजना गर्दै यूनाइटेड ट्रेडर्स सिन्डिकेट

टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले आगामी वैशाख ८ गते मोटर र्‍याली आयोजना गर्ने भएको छ ।

कम्पनीले अटोमोटिभ क्षेत्रका महिलाहरू माझ सौहार्द्रता र साहसिक भावनाको प्रवर्द्धनका लागि सो र्‍याली गर्न लागेको हो । २० वर्षअघिदेखि शुरू भएको र्‍याली मोटर स्पोर्टस्को क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रम रहँदै आएको कम्पनीले जनाएको छ।

र्‍यालीले महिलाहरूलाई सशक्तीकरण र प्रेरणादायी बन्दै परम्परागत घेराबाट माथि उठ्न सघाउने कम्पनीको विश्वास छ।
कम्पनीले र्‍यालीमा सबै क्षेत्रका महिलाले सहभागिता जनाउन सक्ने भन्दै सहभागिताका लागि आह्वान समेत गरेको छ।र्‍यालीमा कुनै पनि गाडी मार्फत सहभागिता जनाउन सकिने छ ।

यो र्‍याली मोटर स्पोर्ट्स अन्तर्गत पर्ने रेसिङ्ग विधाको टिडिएस र्‍याली हो ।टाइम (समय), डिस्ट्यान्स (दुरी), र स्पीड (गति) अर्थात टिडिएस र्‍याली अन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुनेछ र त्येही सबैलाई मध्यनजर गरि अन्त्यमा बिजेता घोसणा हुनेछ ।

एजेन्सी

 

Comments

Back to top