अमेरिकी डलर : झन् मजबुत बन्दै
पछिल्लो केहि दिनयता अमेरिकी डलर बजबुत हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ७६ पैसा र बिक्री दर १२३ रुपैयाँ ३६ पैसा कायम गरेको छ । यसअघि मंगलबार डलरको बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा कायम भएको थियो भने खरिददर १२२ रुपैयाँ ८४ पैसा कायम भएको छ । मंगलबारको डलरको भाउ अहिलेसम्मकै उच्च विन्दु हो ।
यसअघि करिव २ वर्षअघि २०७७ बैशाख ५ गते १२३ रुपैयाँ २८ पैसामा अमेरिकन डलर खरीद भएको थियो । १० वर्षको डलरको भाउ हेर्दा २०७८ फागुन १८ गते (सन् २०१२ मे १) मा १ अमेरिकन डलरको भाउ ७८ रुपैयाँ ६१ पैसा थियो । त्यसयता लगातार बढेको डलरको भाउ २०७८ फागुन २४ गते १२३ रुपैयाँ ४४ पैसा कायम भयो । मंगलबारको तुलनामा बुधबार (आज) भने डलरको भाउ ८ पैसाले घटेको छ । बुधबार डलरको भाउ १२३ रुपैयाँ ३६ पैसा कायम भएको छ ।
डलको भाउलाई १० वर्षयताको उच्च र न्यून विक्रिदरलाई हेर्दा २०६८ फागुन १८ गते विक्रीदर ७८ रुपैयाँ ६१ पैसा थियो । सोही वर्षको चैत २ गते ८० रुपैयाँ २ पैसा, चैत २२ गते ८१ रुपैयाँ ४ पैसा कायम भएको थियो । २०६९ कै माघ २९ गते ८५ रुपैयाँ ९ पैसाय कायम भएको थियो । २०७१ जेठ ९ गते ९३.८६ रुपैयाँ विक्रिदर थियो ।
यस्तै २०७७ वैशाख १० गते १२२.२ रुपैयाँ विक्रिदर रहेको डलरको मुल्य २०७८ पुस १ गते १२२ रुपैयाँ ३ पैसा कायम रहेको थियो । यस्तै २०७७ वैशाख १० गते १२३ रुपैयाँ २ पैसा, २०७७ वैशाख ५ गते १ सय २३ रुपैयाँ ३ पैसा विक्रिदर रहेको थियो । २०७८ फागुन १८ गते १ सय २३ रुपैयाँ ४ पैसा विक्रिदर रहेको थियो । रुसको युक्रेनमाथिको आक्रमण अझैपनि शान्त नभएकाले आगामी दिनमा डलरको भाउ अझै बढ्दै जानसक्ने अर्थशास्त्रीहरु बताउँछन् ।
Comments