कुमारी बैंकको नयाँ वर्ष २०८१ का लागि आकर्षक क्यासब्याक अफर

कुमारी बैंक लिमिटेडले नयाँ वर्ष विशेष अफर ल्याएको छ । बैंकले नयाँ वर्षको अवसरमा विशेष क्यासब्याक अफर घोषणा गरेको हो ।

योजना अन्र्तगत पि.ओ.एस. भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने छन् । साथै, क्युआर भुक्तानी मार्फत कारोबार गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्नेछन् ।

योजना अगामी वैशाख १ गते बिहान ८ः०० बजेदेखि राति ११ः५९ बजेसम्म लागु हुने बैंकले जनाएको छ । तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलोे चालिस जना कार्ड प्रयोगकर्ता र पहिलो चालिस जना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यसले ग्राहकहरुमा डिजिटल भुक्तानी प्रणलीमा प्रत्साहन गर्ने कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले बताए । कुमारी बैंक पछिल्लो समयमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहित गर्न, समय सापैक्षिक ग्राहकमूखी सेवाहरू प्रदान गर्न र वित्तीय समावेशीतालाई बढावा दिनको लागि प्रतिबद्ध छ । यसका साथै भुक्तानीका लागि डिजिटल माध्यममा जोडिन प्रोत्साहन गर्दै आएको छ।

एजेन्सी

Comments

Back to top