वरको बोक्राको पानी यस्ता समस्यामा हुन्छ रामवाण औषधि

हिन्दु धर्मसँगै आयुर्वेदमा पनि वरको रुखको विशेष महत्व रहेको छ । यो रुख आफैमा विभिन्न औषधीय गुणले भरपूर हुन्छ । यसको पात, दुध, बोक्रा सबैलाई विभिन्न औषधीको रुपमा प्रयोग गरिन्छ ।

यसको प्रयोगले शरीरका विभिन्न समस्याहरुबाट छुट्कारा पनि पाउन सकिन्छ । आउनुहोस् जानौं वरको रुखबाट निकालिएको बोक्राको पानी पकाएर खाँदा हुने फाइदाहरुका बारे–

  • वरको बोक्रालाई पकाएर त्यसको पानीले हप्तामा दुईपटक कपाल धुनुहोस् । यसमा तपाईं नरिवलको तेल पनि लगाउन सक्नुहुन्छ । यसले कपाल झर्ने समस्या कम हुनेछ ।
  • यदी तपाईंलाई अनिद्राको समस्या छ भने वरको रुखबाट निकालिएको बोक्रा पकाएर बनाएको पानी पिउनु सक्नुहुन्छ । यसलाई हप्तामा कम्तीमा दुईपटक पिउँदा तपाईंलाई राम्रो निद्रा लाग्न थाल्छ ।
  • बदलिँदो मौसममा हुने रुघाखोकीको समस्यामा पनि वरको बोक्रालाई पकाएर पानी पिउन सकिन्छ । यसलाई थोरै मात्रामा दिनमा दुईपटक पिउँदा रुघाखोकी निको हुन्छ ।
  • यदी तपाईंको शरीरको कुनै पनि अंगमा घाउ भइरहेको छ भने पनि यो पानीले धुनुहोस् । घाउ एकदमै छिटो निको हुनेछ ।
  • वरको बोक्राको पानी याेनीबाट सेतो पानी बग्ने समस्यामा पनि काम गर्छ । यसले ल्यूकोरिया यानिकी सेतो पानी बग्ने समस्या निको हुन्छ । यसका लागि तपाईं वरको बोक्राको पानीमा सुतीको कपडा भिजाउनुहोस् । त्यसपछि कपडालाई केहीबेर याेनीमा राख्नुहोस् । यसले भजाइनल डिस्चार्जको समस्या कम हुन सक्छ ।
  • वरको पानी तयार गर्नका लागि तपाईं एक लिटर पानीमा वरको रुखको बोक्रालाई साना टुक्रा बनाएर राख्नुहोस् । त्यसपछि सामान्य आगोमा यसलाई पकाउनुहोस् र केहीबेर उमाल्नुहोस् । त्यसपछि तपाईं यसमा मह वा चिनी मिसाएर पनि पिउनु सक्नुहुन्छ ।

एजेन्सी

Comments

Back to top