के तनावले पनि कोलेस्ट्रोल बढ्छ ?

अहिले अत्यधिक मानिसहरु कामको भागदौड तथा गलत खानपानको असरले तनावमा रहने गर्दछन् ।

यस्तोमा कयौंपटक तनाव पनि विभिन्न गम्भीर रोगको कारण बन्न सक्छ । जसले स्वास्थ्यमा धेरै नोक्सान पनि गर्छ । के तनावको कारणले शरीरमा कोलेस्ट्रोल पनि बढ्न सक्छ ?

खानपानसम्बन्धी विशेषज्ञहरुले विभिन्न अध्ययनहरुमा तनावमा रहने व्यक्तिको रिस र शरीरमा कोलेस्ट्रोलको स्तर बढ्ने बताएका छन् ।

जब व्यक्ति प्रेसरमा हुन्छ तब शरीरमा कोर्टिसोल हर्मोन बढ्न थाल्छ जसले गर्दा कोलेस्ट्रोल पनि बढ्छ ।

तनावमा रहँदा खराब कोलेस्ट्रोल मात्र नभएर ट्राइग्लिसराइड्स पनि बढ्छ जसले शरीरमा ब्लड फ्याटलाई पनि बढावा दिन्छ । यसले धेरै विमारीहरुको खतरा समेत बढ्छ ।

शरीरमा खराब कोलेस्ट्रोल बढ्दा आँखाको वरिपरि छालामा पहेंलोपन, अनुहारको छालामा चिलाउने र उच्च रक्तचाप जस्ता संकेतहरु देखिन्छन् । उच्च कोलेस्ट्रोलको समस्या तनाव, मोटोपन, उच्च रक्तचाप, खराब खानपान, रक्सी तथा धुम्रपान आदिले हुने गर्दछ।

शरीरमा खराब कोलेस्ट्रोल बढ्दा शरीरको रक्तचाप उच्च हुने, टाइप २ डायबिटिज, हृदयघात आदि जस्ता रोगको खतरा बढ्दछ ।

यदि तपाईं कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न चाहनुहुन्छ भने सबैभन्दा पहिला शान्त रहेर काम गर्नुहोस् । खराब कोलेस्ट्रोल हुनु भनेको खराब खानपान, जीवनशैली मात्र नभएर तनाव पनि हो । त्यसैले तनाव कम गर्नका लागि मेडिटेशन, कसरत, योगा, पूरा निद्रा लिने गर्नुहोस् । जसले गर्दा तनाव कम हुन्छ । 

एजेन्सी

Comments

Back to top