कार र स्मार्टवाच डिस्प्ले प्रोजेक्ट बन्द गरेपछि एप्पलद्वारा ६ सयभन्दा बढी कर्मचारी बर्खास्त

अमेरिकी कम्पनी एप्पलले कार र स्मार्टवाच डिस्प्ले प्रोजेक्ट बन्द गरेपछि आफ्ना ६ सयभन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ । एप्पलले क्यालिफोर्नियाको रोजगार विकास विभागलाई दिएको प्रतिवेदनमा यसबारे जानकारी गराएको  ब्लूमबर्गले जनाएको छ ।

प्रतिवेदनका अनुसार कम्पनीले नेक्स्ट जेनेरेशन स्क्रिन डेभलपमेन्ट प्रोग्राममा गोप्य स्थानमा काम गर्ने ८७ जना र कम्पनीको कार परियोजनामा ​​संलग्न व्यक्तिलाई बर्खास्त गरेको हो ।

क्यालिफोर्नियाको सान्ता क्लारामा रहेको एप्पलको मुख्य कारसँग सम्बन्धित कार्यालयमा रहेका ३७१ कर्मचारीबाहेक अन्य धेरै स्याटेलाइट अफिसमा कर्मचारीलाई निकालिएको रिपोर्टमा उल्लेख गरिएको  छ ।  कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स र पर्सनल रोबोटिक्स विभागमा धेरै व्यक्तिलाई सरुवा गरिएको छ । यी आयोजनाहरु बन्द हुँदा करिब २ हजार कर्मचारी प्रभावित भएको बताइएको छ ।

एप्पलले गत दशकमा अर्बौं डलर लगानी गरेको कार प्रोजेक्ट हालै बन्द गरेको छ । एजेन्सी

Comments

Back to top