नेपाल टेलिकमले देशभरका उच्च अदालत र विभिन्न जिल्ला अदालतमा सेवा उपल्बध गराउने सम्झौता

नेपाल टेलिकमले सम्पूर्ण उच्च अदालत तथा विभिन्न जिल्ला अदालतहरूमा विविध दूरसञ्चार सेवाहरू उपलब्ध गराउने भएको छ।

यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच बुधबार सम्झौता गरिएको छ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह-रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा डेडिकेटेड इन्टरनेट र इन्ट्रानेट सेवाका साथै एसएमएस अलर्ट सेवा र पुल एसएमएस सेवा उपलब्ध गराउनेछ।

हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरू तथा उच्च अदालत अन्तर्गतका इजलासहरू र विभिन्न जिल्ला अदालतहरूमा उपलब्ध हुनेछ। एजेन्सी

Comments

Back to top