नेप्से इन्ट्राडे अपडेट: ४.३४ अंकको गिरावट!
बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ४.३४ अंकले घटेको छ।
दुई घण्टामा नेप्से ४.३४ अङ्कले घटेर २००२.४३ मा आएको हो। २८२ कम्पनीको २,३७७,७२९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब १३ करोड १ लाख बराबरको कारोबार भएको छ।
यसदिन टप गेनरमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा पिपुल्स पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.२१% ले घटेको छ।
Comments