प्रिओपन सेसनमा नेप्सेमा सामान्य अंकको वृद्धि !

बिहिबार प्रिओपन सेसनमा नेप्से ०.३४ अंकले बढेको छ।

बुधबार ३.४३ अंकले घटेर २००६.७८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २,००७.१३ मा खुलेको हो। कुल १,५१९ कित्ता सेयरको खरिदबिक्री करिब ९ लाख ७८ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका १२ कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने ५ को मूल्य घट्यो। 

यस अवधीमा कुल ४६ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top